भट्टराई सरकार संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको खुलासा

काठमाडौ – प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले प्रधानमन्त्री डा बाबुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले संविधानसभाको म्याद थपेर भए पनि संविधान जारी गर्ने स्पष्ट पार्दै कानूनी जटिलता मिलाएर भए पनि संविधानसभाको म्याद थपिने बताए ।


उनले संविधान जारी नभई संविधानसभा विघठन हुन नसक्ने ठोकुवा गर्दै संविधानसभाको म्याद नथपिए मुलुक भयंकर अराजकतामा फस्ने चेतावनी दिए ।

उनले भने