संविधान सभाको बिघटन भएपछि पूर्व सभासद्हरु गाउँ फर्कने कि काठमाडौंमै बस्ने भन्नेमा अन्योल

संविधान सभाको बिघटन भएपछि पनि पूर्व सभासद्हरु भने गाउँ फर्कने कि काठमाडौंमै बस्ने भन्ने अन्योलमा रहेका छन् ।

 

पूर्व सभासदहरुले एक महिनाको पारिश्रमिक र १५ दिनको घरभाडा बापतको रकम बुझेका छन । जेठ १४ सम्मको पारिश्रमिक, थप एक महिनाको भत्ता, र १४ दिनको घरभाडा वापतको ३७ हजार २ सय ८० रुपैयाँ बुझेका हुन । संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधाका सम्बन्धमा ऐनमा कुनै व्यवस्था नभएकाले संसद सचिवालयले यसबारेमा केही निर्णय गरेको छैन ।

 

 संविधानसभा बिघटन हुँदासम्म ५ सय ९६ जना सभासद् भएपनि संसद सचिवालय मार्फत १ सय ८६ जनाले मात्रै पारिश्रमिक बुझ्ने गरेका छन । ४ सय १० सभासदले भने एभरेष्ट बैकंमार्फत लिने गरेका छन् । पूर्व सभासद्लाई दिईने तलब र घरभाडा मात्र २ करोड १९ लाख ९५ हजार २ सय, हवाई खर्चमा ६९ लाख ७० हजार गरी कुल २ करोड ८९ लाख ६५ हजार २ सय रुपैंया लाग्ने लेखा शाखाले जनाएको छ ।

 

संविधान सभा बिघटनपछि संसद सचिवालय पनि सुनसान देखिएको छ । हिसाब किताब लिएका पूर्व सभासद्हरुले भने अब गाउँमा गएर राजनीति गर्ने बताएका छन् ।