सरकारविरोधी प्रदर्शन दबाएको ठहर गर्दै इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकलाई आजीवन काराबास सजाय

कायरो, इजिप्ट  – इजिप्टको अदालतले गत वर्ष भएको सरकारविरोधी प्रदर्शन दबाएको ठहर गर्दै पूर्व राष्ट्रपति होस्नी मुबारकलाई आजीवन काराबास सजाय सुनाएको छ ।

अदालतले मुबारकसँगै इन्टेरियर मन्त्री हबिब अल-अदली र ६ प्रहरी उच्च अधिकारीलाई पनि आजीवन काराबास सजाय सुनाएको छ । कानुनी सीमितताका कारण उनका छोराहरु अला र जमालमाथि लगाइएको भ्रष्टाचार अभियोग फिर्ता लिइएको थियो ।

मुबारकलाई भ्रष्टाचारसम्बन्धिको एक मुद्दामा भने सफाई दिइएको छ । तर उनलाई सफाई दिएकोमा वकिलहरु आक्रोसित देखिन्थे ।

४० वर्ष लामो शासन गरेका मुबारकलाई हटाउन गत वर्ष भएको अरब आन्दोलनमा इजिप्टमा ९ सय प्रदर्शनकारीको मृत्यु भएको थियो । आन्दोलनपछि उनले सन् २०११ मा सत्ताच्यूत गराइएको थियो ।

मुबारक ८४ वर्षका छन् ।