काँग्रेसका ६१ जना पूर्व सभासद्हरुद्धारा संविधानसभा पुनस्थापनाको माग

काठमाडौ  – काँग्रेसका ६१ जना पूर्व सभासद्हरुले संविधानसभा पुनस्थापनाको माग गरेका छन् । उनीहरुले मुलुक निकास बिहीन अवस्थामा पुगेको उल्लेख गर्दै पुनस्थापनाको माग गरेका हुन् ।

माओवादी र माओवादी नेतृत्वको सरकारले स‌ंविधानसभाको विघटन गरेर सत्ताकब्जाको खेल खेलेको उल्लेख गर्दै उनीहरुले सहमतिको ढोका सरकार र माओवादीले बन्द गरेको आरोपसमेत लगाएका छन् ।

‘यस्तो अवस्थामा निकास भनेको राष्ट्रिय सहमति, एकता र सहकार्य नै हो’ उनीहरुले भनेका छन्, ‘यसको बिकल्प खोज्नु सर्वथा अनुपयुक्त छ ।’ उनीहरुले अन्तरिम संविधान २०६३ मा संशोधन विना निर्वाचन असंभव रहेको उल्लेख गर्दै उनीहरुले जनताद्वारा निर्वाचित एक मात्र निकाय संविधानसभाको पुनस्थापना नै समाधानको उपाय रहेको पनि उनीहरुको मत रहेको छ ।

काँग्रेस महामन्त्री कृष्ण सिटौलाले भने सभासद्हरुले ल्याएको निकासका बारेमा पार्टीमा छलफद्य गर्न सकिने बताए । तर, उनले प्रधानमन्त्रीले पद नछाडेसम्म दलहरुबीच सार्थक छलफल हुन नसक्ने पनि उल्लेख गरे ।

संसद पुनस्थापना माग गर्नेहरु
जीवनप्रेम श्रेष्ठ, शोभाकर पराजुली, मोहन पाण्डे, कुमार राई, देवराज जोशी, कृष्ण ठाकुर, जिपछिरिङ लामा शेर्पा, शिवचन्द्र मिश्र, रामसरोज रिजाल, शम्भु हजारा दुसाध, महेन्द्रध्वज जीसी, कल्पना सोप, कृष्णकुमार परियार, हर्षजीत लामा, विमला नेपाली, मोहम्मदी शिद्धिकी, लिला सुब्बा, रागबति चौधरी, भोटनी देवी खवास, महा नेपाली, विरेन्द्र माझी, किरण यादव, ललिता किङरिङ मगर, ध्यान गोविन्द रंजित, मानवहादुर महतो, मुन्नी कुमारी गुप्ता, चन्द्रराम टमटा, सरस्वती चौधरी, कृष्ण यादव, अजय द्धिवेदी, अजय चौरासिया, रत्ना शेरचन, धनराज गुरुङ, कमला पन्त, उषा गुरुङ, सावित्री सिंह, रामकृष्ण चित्रकार, सिता गुरुङ, इश्वरी न्यौपाने, उर्मिला थापा, रमा गुराईगाई, निर्मला प्रसाई, खडकावहादुर बस्याल, मिनाक्षी झा, विना पौडेल, तिर्थराम डंगोल, कविता सरदार बातर, पासाङ शेर्पा, प्रमिला राई, दुधकुमारी हमाल, उमा रेग्मी, चक्रबहादुर ठकुरी, लक्ष्मी परियार, कमला पन्त, हिरा गुरुङ, जगदिशश्वर नरसिंह केसी, सुनदेवी जोशी, सुप्रभा घिमिरे, रामेश्वर रौनियार, ओमप्रकाश शर्मा र कृष्णा अमात्य छन् । – कान्तिपुर