आज विश्व शरणार्थी दिवस

काठमाडौ, ६ असार । आज बुधबार विश्व शरणार्थी दिवस  ।  यो दिवस बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।यो वर्षको शरणार्थी दिवसको नारा भाग्न बाध्य बनाईएको एक जना व्यक्ति पनि धेरै हो ू भन्ने रहेको छ।शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरका अनुसार पछिल्लो एक वर्षमा ८ लाख मानिस घर छोडेर दोश्रो मुलुकमा शरण लिन बाध्य भएका छन् । जुन सन् २००० यताकै सबैभन्दा धेरै हो ।अफ्रिका र मध्यपूर्वको आन्दोलनका कारण यसवर्ष विस्थापीत हुनेको संख्या उच्च रहेको युनएचसीआरले जनाएको छ । दिवसका अवसरमा उच्चायोगले देश छोडेर भाग्न बाध्य बनाईएका मानिसको बाँच्न पाउने अधिकार रक्षा र आधारभूत आवश्यकता पूर्तिका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

 

दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले नागरिकलाई शरणार्थी बन्न बाध्य पार्ने द्वन्द्वको अन्त्यका लागि राजनीतिक इच्छाशक्ति र नेतृत्व परिचालन गर्न एकजुट हुनुपर्ने बताएका छन् । 

 

राष्ट्रसंघीय शरणार्थी उच्चयोगका अनुसार नेपालमा अहिले ४८ हजारको हाराहारीमा भुटानी शरणार्थी छन् ।

 

शरणार्थीहरुको उचित पुनस्र्थापनाका लागि नेपालमा रहेका भुटानी शरणार्थीलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिकामा पुनर्वासको व्यवस्था मिलाईएको छ ।

 

शरणार्थी उच्चायोगका अनुसार पुर्नस्थापनाका क्रममा ६६ हजार भन्दा बढी भुटानी शरणार्थीले नेपाल छाडिसकेका छन् ।

 

यस्तै नेपालमा १५ हजारको हाराहारीमा तिब्बती शरणार्थी र सोमालिया लगायतका देशबाट आएका २ सय भन्दा बढी शरणार्थीहरु रहेको अनुमान गरिएको छ । – RSS