कृष्ण खनाल
बुटवल १७ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादी र काँग्रेसले देशलाई अगुवाई गर्ने अवस्था सकिएको बताएका छन ।
माओवादीले उग्रबामपन्थको र काँग्रेसले यथास्थितिवादको प्रतिनिधित्व गर्ने भएकाले ती दुई पार्टीले अब राष्ट्रको प्रतिनिधित्व गर्ने समय सकिएको उहाँले बताए ।
उग्रपन्थ र दक्षिणपन्थ विरुद्धको संघर्षलाई जारी राख्दै अब एमाले नयाँ उदीयमान शक्तिको रुपमा स्थापित हुने खनालले ठोकुवा गरे ।
पार्टीको लुम्बिनी अाचलस्तरीय अगुवा कार्यकर्ता भेलालाई आज बुटवलमा संबोधन गर्दै अध्यक्ष खनालले माओवादी नेतृत्वको सरकारले सत्ता लम्ब्याउन चुनावको नाटक गरेको उल्लेख गर्दै मंसिर ७ गते कुनै हालतमा निर्वाचन हुन नसक्ने दावी गरे । निर्वाचनको घोषणालाई एमालेले खारेज गरिसकेको खनालको भनाई छ ।
अन्तिम अवस्थामा संविधानसभालाई बचाएर संविधान घोषणा गर्ने अवस्था हुँदाहुँदै माओवादीले एकलौटी ढंगले संविधानसभाको हत्या गरेको आरोप लगाउँदै उनले जसले आफूलाई संविधानसभाको मसिहा ठान्यो उसैले संविधानसभाको हत्या गर्नु आश्चर्यजनक रहेको छ भने ।
आफैले संविधानसभाको हत्या गरेर अरुलाई दोष थोपर्ने र जनतामाथि भ्रम सिर्जना गरेर माओवादीले मुलुकलाई संकटतर्फ धकेलेको खनालको आरोप छ ।
जनतालाई एक-दुई पटक भ्रममा पार्न सकिन्छ तर यो सधै रहँदैनू-उहाँले भन्नुभयो । माओवादीको यो अपराधपूर्ण कामको जनताले व्यापक विरोध र भण्डाफोर गर्नुपर्नेमा खनालले जोड दिए ।
उग्रबामपन्थ र अराजकताको परिणाम नै माओवादी विभाजनको कारण रहेको जिकिर गर्दै उहाँले कम्युनिष्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउन पनि उग्रबामपन्थलाई पराजित गर्नुपर्ने बताए । ूमाओवादी फुटेकोमा एमाले पनि दुःखी छ तर यो उभित्रको उग्रपन्थ र अराजकताको परिणाम हो उहाँले भन्नुभयो ।
भेलालाई संबोधन गर्दै एमाले सचिव विष्णु पौडेलले पार्टीमा राज्य पुनःसंरचनाको सम्बन्धमा देखिएको विवादलाई पार्टीभित्रैबाट समाधान खोजिने बताउनुभयो । असन्तुष्ट समूहप्रति संकेत गर्दै उहाँले पार्टीका भेला र बैठक बहिस्कार गरे नभै पार्टीभित्रै रहेर आफ्ना विचार राख्न र समाधान खोज्न आग्रह गरे ।
एमाले पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री स्वतः कामचलाउ भएकाले उनको राजीनामा माग्नु आवश्यक नरहेको उल्लेख गर्दै अब राष्ट्रपतिले नयाँ प्रधानमन्त्री बनाउने प्रकि्रया आरम्भ गर्नुपर्ने बताए ।
प्ाार्टीका केन्द्रीय सदस्य पर्शुराम मेघी गुरुङले एमालेलाई संघीयता विरोधी भनेर प्रचार गरिएकोमा आपत्ति जनाउँदै संघीयताबारे एमालेको विचारलाई चुनौती दिन कुनै पार्टी ननिस्केको दावि गरे ।
एमालेले संघीयताबारे निर्णय गर्दा न्वारन नै नभएका पार्टीले एमाले संघीयताविरोधी भयो भन्नु हास्यास्पद रहेको बताए ।
भेलालाई एमाले केन्द्रीय सदस्य वैजनाथ चौधरी लुम्बिनी अाचल सचिव खिमलाल भट्टराई लगायतले पनि संबोधन गरेका थिए ।