नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अब बन्ने सरकारको प्रधानमन्त्रीका लागि छिटो नाम दिन कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गर्नुभएको छ ।
एमाले अध्यक्ष खनाललाई भेट्न उहाँको काठमाडौं डल्लुस्थित निवासमा पुग्नु भएका कांग्रेस सभापति कोइरालासंगको छलफलपछि खनालले यस्तो बताउनु भएको हो ।
भेटपछि कांग्रेस सभापति कोइरालाले पार्टीमा छलफल गरेर छिट्टै नयाँ प्रधानमन्त्रीको नाम दिने बताउनु भएको थियो ।
दुवै नेताबीच सरकारले जबर्जस्ती बजेट ल्याउने कोशिस गरे त्यसको प्रतिकार गर्ने सहमति पनि भएको थियो ।
– RSS