– मनोज बस्नेत
काभ्रे – सिपाली चिलाउने- ५ का सूर्यबहादुर तामाङको भान्छामा ग्यास लिक हुँदा ६ वर्षीया छोरी स्मृति तामाङको मृत्यु भएको छ ।
घाइते भएकी ४ वर्षीया करिना तामाङको धुलिखेलमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले बताए ।