निर्वाचन आयोगद्धारा दलहरुबीच सहमति नभए मंसिरका लागि तोकिएको संविधानसभाको नयां चुनाव सम्भव नभएको भनाई

निर्वाचन आयोगप्रधानमन्त्री बाबुराम भट्टराई र उनको मन्त्रिमण्डलका सदस्यहरुसँगको छलफलपछि निर्वाचन आयोगका पदाधिकारीले सहमतिबिना आउँदो मंसिरमा संविधानसभाको नयां चुनाव हुन नसक्ने बताएका छन्।


आउँदो मंसिरमा चुनाव गराउने हो भने यही साउन ७ गते सम्म निर्वाचन सम्बन्धी सम्पूर्ण कानुन तयार गर्न सरकारलाई आग्रह गरिसकेको आयोगका पदाधिकारीहरुले संवाददाताहरुलाई बताए।




उनीहरुले चुनावी तयारी बारे सरकारी धारणा बुझ्न प्रधानमन्त्री भट्टराई र मन्त्रीहरुसँग छलफल गरेका थिए।


छलफलका क्रममा आयोगले आगामी निर्वाचनका लागि संविधान संशोधन र कानुन परिमार्जन गर्नुका साथै चुनावमा सहभागी हुने सवै राजनीतिक दलहरुसँग सहमति जुटाउन सरकारलाई आग्रह गरेको छ।


छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिले विरोधमा उत्रिएका दलहरुको चुनावमा अनिवार्य सहभागिता हुनु पर्ने तर्फ संकेत गर्दै २०६२ सालमा तत्कालीन शाही सरकारले गराएको जस्तो नगर चुनाव आफुहरुले नगराउने टिप्पणी गरे।

 

उप्रेतीले भने,