राष्ट्रिय जनमोर्चाको अर्घाखाँचीमा विरोध सभा, माओवादीका कारण जातिय मुडभेडको खतरा बढेको शन्त बहादुर नेपालीको आरोप


 

– शोभाखर पन्थी

 

आषाढ २६ अर्घाखाँची   ।   राष्ट्रिय जनमोर्चाका महासचिव शन्त बहादुर नेपालीले जातिय नारा दिएर माओबादीले नेपाली नेपाली बिच द्धन्दको अवस्था सिर्जना गरेको बताएका छन् ।


राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा आयोजित विरोध सभामा मन्तव्य राख्दै उनले सदियौ देखि एक आपसमा मिलेर बसेका नेपाली दाजुभाईहरुलाई जातिय राज्यको नारा दिएर माओबादीले भिडाउन खोजेको आरोप लगाए ।

 

    नेपाली जनताको इच्छा बिपरित मुलुकमा जवर जस्ती संघियता लाद्न खोजेको  प्रति आपत्ती प्रकट गर् दै  नेपालीले देशलाई जोगाउनको लागी अन्तरिम संविधानमा रहेको संघिय राज्य बनाउने भन्ने शब्दावली हटाउनु पर्ने बताए ।

 

    प्रधानमन्त्री भट्टराईले असंबैधानिक तरिकाले संविधान सभाको चुनाव घोषणा गरी सत्तामा टिकी राख्नको लागी षडयन्त्र गरेको भनाई छ । डा. भट्टराई नयाँ तानाशाह बन्न खोजेको भन्दै नेपालीले सरकारलाई आन्दोलनको तागतबाट बर्खास्त गरिने चेताबनी दिए ।  


    राष्ट्रिय जनमोर्चाका नेता पशुपति ढकालको अध्यक्षता र जिल्ला सचिव थम्मन के.सी संचालनमा सम्पन्न कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी वैकल्पिक केन्द्रिय सदस्य झविलाल थापाले ठुला दलहरुको सत्ता खिचातानी र अर्कमन्यताका कारण संविधान नै निर्माण नगरी संविधान सभाको विघटन भएको बताएका थिए ।


विरोध सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य कल्पना पोख्रेल दिलदार हुसेन लगायतले मन्तव्य राखेका थिए ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु