– गणेश खनाल
खाचिकोट, अर्घाखाँची । अर्घाखाँचीको खाचिकोटमा रहेको प्रसिद्ध खाचिकोट दरवार जाने बाटो चन्द्रनाथ गण र स्थानीय बासिन्दाले निर्माण गरेका छन् ।
१५ दिनको अर्थक प्रयासबाट चन्द्रनाथ गणका उपसेनानी नोम बहादुर जी.सीको नेतृत्वमा रहेको २६ जनाको टोलीले आज निर्माण कार्य सम्पन्न गरेको हो ।
पर्यटन बोर्डको रकमबाट भौतिक साम्रगी खरिद गरेको फर्स बहादुर के.सीले बताउनुभयो । अन्य श्रमको काम नेपाली सेनाले गरेको जनाईएको छ । बाटो निर्माणका लागी पर्यटन कार्यलयको ५ लाख प्रदान गरेको थियो । स्थानीय जनताको सरोकारको विषयमा नेपाली सेनाको टोलीले गरेको स्थानीय बासिन्दाले मुत्त कण्ड प्रशंशा गदै एक समारोहका विच आज विदाई गरेका छन् ।
विदाई समारोह चन्द्रनाथ गणका गणपति तथा प्रमुख अतिथी रामकाजी राना मगर राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी नेकपा एमालेकी जिल्ला सचिवालय सदस्य ईश्वरा पोख्रेल डिल्लीराज थापा उप सेनानी नोम बहादुर जिसी गणेश बुढाथोकी लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
फर्स बहादुर के.सीको अध्यक्षँता टुल्क बहादुर थापाको स्वागत मन्तव्य र मोहन पुरीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस दरबार खाँचीकोटका १३ औ राजा दलजित शाहकी छोरी चन्द्र प्रभाबतीको गोरखाका राज नरभुपाल शाह संग बिबाह भएको र उनै चन्द्रा प्रभाबतीको शिक्षा दिक्षा र उपदेशबाट पृथ्बीनारायण शाहले नेपालको एकिकरणको प्रयास सुरु गरेको इतिहास छ ।
उनै चन्द्रा प्रभाबतीले नै पृथ्बीनारायण शाहलाई राजकयि बिधि शासनको पद्धती र हतियार तथा एकिकरण तथा देशमा छरिएर रहेका बाईसे र चौबिसे राज्यको बारेमा समेत शिक्षा दिएको ईतिहास रहेको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।