जापानमा भारी बर्षापछि गएको बाढी पहिरोका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ भने आठ जना हराइरहेका छन् ।
दक्षिणी जापानको ख्युसु क्षेत्र बाढी र पहिराले प्रभावित बनको छ ।
बाढी र पहिरोका कारण कयौं घरहरु भत्किएका छन् भने सवारीसाधनहरुमा पनि क्षति पुगेको छ ।
नदीको सतह बढेकाले पानी बस्तीमा पसेपछि सयौं सर्वसाधारण घरबारबिहिन बनेका छन् ।