सिरियाको एलेप्पो शहरमा सरकारी सेनाद्धारा भीषण आक्रमण, युद्दमा सयौको मृत्‍यु


सिरियाको आर्थिक राजधानी मानिने एलेप्पो शहरमा सरकारी सेनाले विद्रोही विरुद्द भीषण आक्रमण गरिरहेको छ। सो युद्दमा सयौको मृत्‍यु भएको छ।

 

सरकारी सेनाले भीषण आक्रमण गर्न थालेपछि अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् । पश्चिमा मुलुकहरुले एलेप्पोमा तत्काल हिंसा अन्त्य गर्न भन्दै सेनाले घरघरमा घुसेर नरसंहार मच्चाउने तयारी गरिरहेको आरोप लगाएका छन् ।

यता, विद्रोहीले शहरमा यसअघि नै हतियार र उपचार सामग्री जम्मा गरिसकेको बताईएको छ । सिरिया सरकारले एलेप्पोमा आफ्नो नियन्त्रण पुन कायम गर्न पुरै शक्ति लगाइरहेको जनाइएको छ । घनाआबादी रहेको एलेप्पो शहरमा संघर्षका कारण धेरै मानिस मारिइसेका छन् भने हजारौं मानिस पलायन भएका छन् ।


संयुक्त राष्ट्रसंघका मानवअधिकार निकाय प्रमुख नेभी पिल्लेले सिरियामा सम्भावित ठूलो युद्धको संभावनालाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँंले सर्वसाधरणको जीवनरक्षाका लागि संघर्षरत पक्षहरुलाई आग्रह गर्नुभएको छ । सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्धको संघर्षका क्रममा हजारौं मानिस मारिइसकेका छन् भने पलायन हुनेको संख्या पनि हजारौं छ ।