– ऋषि धमला
काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला निर्वाचनमा जाने सहमति भए वा संविधानका विवादित विषय टुङग्याएर सहमतिको सरकार बनाउने दुई विकल्प प्रस्तुत गरेका छन् ।
हिमालय टेलिभिजनमा आज राती नौ बजेर पाँच मिनेटमा प्रशारण हुने दि आरडी सोकालागी ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुई मध्ये एक विकल्पमा सहमति भए नेपाली काग्रेसको नेतृत्वमा सहमतिको चुनावी सरकार बन्ने विश्वास ब्यक्तगरे ।
संविधानका विवादित विषयमा सहमति भए बढीमा एक महिनाकोलागी संविधानसभा ब्यूताएर संविधान जारी गरेर नयाँ निर्वाचनमा जान सकिने समेत प्रचण्डले स्पष्ट पारे ।
अहिले संसदीय निर्वाचन हुनै सक्दैन ठोकुवा गर्दै संविधान नै नबनाई संसदको निर्वाचन गरे अन्तरिम संविधान, अहिलेसम्मका उपलब्धि र राष्ट्रपति पनि समाप्त हुने चेतावनी दिए । उनले भने