एलएलसीको पुरक परीक्षा आज बाट सुरु/देशभरबाट एकलाख २४ हजार परीक्षार्थी सहभागि

एलएलसीको पुरक परीक्षा आजदेखि सुरु भएको छ । 
यसवर्ष सबभन्दा बढी गणित विषयमा, त्यसपछि अंग्रेजी र विज्ञान विषयका परीक्षार्थी रहेका छन् । परीक्षा बिहान ८ बजे सुरु भएको परीक्षा ११ बजे सम्पन्न हुने छ । परीक्षाको पहिलो दिन आज विद्यार्थीहरुले अनिवार्य अँग्रेजीको परीक्षा दिए । 
कार्यालयले गत चैतमा भएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा आजदेखि पूरक परीक्षा संचालन गरेको हो ।
परीक्षामा देशभरबाट एकलाख २४ हजार परीक्षार्थी सहभागि रहेको कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । परीक्षाका लागि मुलुकभर २ सय ४० वटा परीक्षा केन्द्र रहेका छन् । एक केन्द्रमा १ जना केन्द्राध्यक्ष दुई जना सहायक केन्द्राध्यक्ष तथा २५ जना विद्यार्थी बराबर एक जना निरिक्षक खटाईएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको परीक्षा आगामी साउन २४ गते सम्म चल्ने छ ।