जातीय संघीयता स्विकार नगर्ने एमाले झलनाथ खनालको स्पष्ट

काठमाडौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी संविधानसभाको निर्वाचनमा जान तयार रहेको बताएका छन् । उनले संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा एमाले रहेको उनले स्पष्ट पारे । दलहरुबीच राष्ट्रिय सहमति भए संविधानसभाको निर्वाचन स्विकार्य हुने उनको भनाई थियो ।


रिपोटर्स क्लवको नेतृत्वमा गएको सञ्चारकर्मीहरुसंग कुरा गर्दै खनालले एमाले जातीय संघीयताको पक्षमा हिजो पनि नभएको, आज पनि नभएको र भोलिका दिनमा पनि नहुने अडान स्पष्ट पारे ।


उनले देश सन्चालनको चावी कसले कसलाई दियो भन्ने कुरा प्रधानमन्त्री बाबुराम भट्टराईले स्पष्ट पार्नुपर्ने भन्दै त्यसको वास्तविकता सार्वजनिक नगर्ने हो भने प्रधानमन्त्री एक मिनट पनि कुर्सीमा बस्न नहुने बताए ।


उनले सशस्त्र द्वन्द्वका बेला भारतसंग सम्झौता गरेको कुरा सत्य भए एमाओवादी देशद्रोही साबित हुने दावी गर्दै यस्तो अवस्थामा उनीहरुसंग सहकार्य गर्न सोंच्नुपर्ने उल्लेख गरेका छन् ।


राष्ट्रियता, लेाकतन्त्र, जनजीविकाको विषय संकटमा परेको भन्दै उनले बर्तमान सरकारको विस्थापन र सहमतिको सरकार गठनले मात्रै मुलुकको संकटको निकास हुने दावी गरे । उनले भने ‘माओवादी र मधेसी मोर्चाको गठबन्धन मुलुककोलागि बोझ भयो  । यो बोझलाई नहटाई मुलुकलाई निकास दिन सकिदैंन ।’ माओवादी सहमतिमा नआए आन्दोलनको आँधिवेहरीबाट सरकार ढाल्ने चेतावनी दिए । उनले भने-‘यूवा संघले थालेको आन्दोलन संकेत मात्र हो ।’


उनले दलहरुवीच पाँच बुँदे सहमति हुादाको र अहिलेको अवस्था बदलिएकोले अब नेकपा एमालेले पनि सहमतिको सरकारको नेतृत्वमा दावी गर्न सक्ने बताए ।

– रिपोटर्स क्लव