अर्घाखाँचीमा महिलाहरुको सामुदायिक वन खारेज

– वीरेन्द्र केसी

 
अर्घाखाँची – महिलाहरु मात्रै भएको सामुदायिक वन खारेज  भएको छ । महिलाहरु मिलेर गठन भएको वनमा काठ चोरी भएकाले जिल्ला वन कार्यालयले खारेज गरिदिएको हो ।


जिल्लाको सिमलपानी गाविसको कल्लेरी पौवा महिला सामुदायिक वनमा चार महिना अघि वनका पदाधिकारीहरुले प्रतिवन्धित सयौ हरिया रुखहरु काटी ठेकेदारलाई बिक्री गर्ने प्रयास गरेका थिए । वन संरक्षण गर्नुको साटो ठुला रुखहरु भएको झाडी जंगललाई सामुदायिक वन बनाएर काठ तस्करीमा संलग्न भएको वनले गरेको अनुगमनले ठहर गरेपछि खारेज गरिएको वन कार्यालयले जनाएको छ  । उक्त वनको ११ सदस्यीय समितिका सबै महिलाहरु मात्रै थिए । 


वन समुदायको पहँच भन्दा धेरै टाठा भएकोले पनि सामुदायिकरण गर्न आवश्यक छैन । उपभोक्ता समितिको ३ घण्टाको पैदल दरीको बीचमा रहेको र उक्त वनबाट उपभोक्ताले कहिल्यै दाउरा घाँस नलिएको र सामुदायिक वनको नाममा काठ काटेर तस्करी गर्ने मात्रै गरेको तथ्य फेला परेकाले वनको दर्ता खारेज गरिएको जिल्ला वन अधिकृत पंचलाल शाहले बताए । जिल्लामा महिलाहरु समितिमा मात्रै रहेको वन यही मात्रै थियो । १ सय ७७ हेक्टरमा फैलिएको राष्ट्रिय वनलाई २०६६ मा सामुदायिकरणमा दर्ता भएको थियो । स्वीकृत दिएको वन पिर्ता लिनु दुःखद हो,  शाहले भने चार महिना अघि साल सिसै खयर जस्ता प्रतिवन्धित रुखहरु काटेर अवैध कारोवार गरेको स्थलगत अनुगमनमा पाईयो । गाडी जना नसक्ने झाडी जंगलमा काँचा रुखहरु फाँडेर एक वर्षपछि मोटरबाटो लगेर ढलापढा रुखको नाममा अबैध कारोवार गर्ने नियतले गठन भएको वनको दर्ता खारेज गर्नु बाध्य भएको उनको भनाई छ ।


जिल्ला वन कार्यालयलाई गुमराहमा पारेर वनका पदाधिकारीको मिलेमतोमा  बुटवल स्थित प्रतिक काष्ठ फर्निचर उद्योगका साचालक केशवराज आचार्यले २० लाख ३५ हजार २ सय ८१ रुपैयाँ बराबरको मुल्यका साल असना प्यार सिसौ लगायतका बहुमुल्य काठहरु काटेको प्रतिवेदनमा उल्लेख छ । ११ जना पदाधिकारी र आचार्यलाई वन कार्यालयले कसुर अपराधमा जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा समेत चलाएको थियो ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु