भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । खचाखच यात्रु लिएर चाम्बाबाट भरमाउर जांँदै गरेको बस सडकबाट करिब सय मिटर तल खसेको थियो ।
घुम्तीमा चालकले नियन्त्रण गुमाउँंदा बस दुर्घटना भएको प्रहरी अधिकारीले जनाएका छन् । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन ।