बर्मामा सञ्चार माध्यमहरुमाथि लाग्दै आएको सेन्सरसीप हटाइएको छ ।
बर्माको सुचना मन्त्रालयले गरेको घोषणा अनुसार पत्रकारहरुले अब प्रकाशन अघि सरकारी निकायमा सेन्सरसीपका लागि सामग्री पेश गर्नु पर्ने व्यवस्था हटाइएको छ ।
बर्माले सैनिक शासन अन्तर्गत लामो समय देखी सबै प्रकारका सञ्चारमाध्यममा कडा नियन्त्रण कायम राखेको थियो ।
तर गत वर्ष मात्र सेना समर्थित निर्वाचिन नागरिक सरकारले नेतृत्व सम्हाले पछि भने विस्तारै अवरोधहरु खुकुलो गर्दै आइएको छ ।