सिरियाको राजधानी दमस्कसमा विद्रोहीले सेनाको हेलिकप्टर खसालेको दाबी

सिरियाको राजधानी दमस्कसमा विद्रोहीले सेनाको हेलिकप्टर खसालेको दाबी गरेका छन् ।

 

फ्रि सिरियन आर्मीले उत्तर पूर्वी जोबार जिल्लामा सर्वसाधरण विरुद्ध गोलावारी गरेको हेलिकप्टर काबुन नजिक खसालेको जनाएको छ । फ्रि सिरियन आर्मीका प्रवक्ता ओमार अल क्वाबुनीले डारायमा सरकारी सेनाले गरेको नरसंहारको बदलामा हेलिकप्टर खसालेको बताएका छन् ।

 

ए.एफ.पी समाचार एजेन्सीका अनुसार हेलिकप्टरका पाइलटको शव फेला पारिएको छ । सरकारी टेलिभिजनले हेलिकप्टर खसेको पुष्टि गरेपनि विद्रोहीले खसालेको दाबीबारे भने केही जनाएको छैन ।

 

सिरियामा राष्ट्रपति बसार अल असादको शासन विरुद्ध सरकारी सेना र विद्रोहीबीच दमस्कस, एलेप्पो लगायतका विभिन्न शहरमा भीषण संघर्ष जारी छ ।

 

– एजेन्सी