म्यानमारको जनजीवन भारी बर्षापछी आएको बाढीले अस्तब्यस्त बनेको छ । बाढीका कारण म्यानमारको दक्षिणी डेल्टा क्षेत्र प्रभावित बनेको छ ।
बाढीले गर्दा हजारौ नागरिक बिस्थापित भएका छन् । डेल्टा क्षेत्र लगायत अन्य शहरका सयौं घर डुबानमा परेका छन् ।
बाढीले गर्दा बिजुली आपूर्ति र यातायात समेत अवरुद्ध भएका छन भने अधिकांश बिद्यालय र कलेज बन्द गरिएका छन् । हजारौ. हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट भएकाले किसानहरु मारमा परेका छन् ।
म्यानमारमा अझै केही दिन भारी बर्षा जारी रहने मौसमबिदहरुले जनाएका छन् ।
– Agencies