ताईवानका एक मन्त्रीले पुरुषहरुलाई ट्वाईलेटमा महिलाले जसरी बसेर पिसाव गर्न सुझाव दिएका छन् । त्यहाँका पर्यावरण सम्बन्धी मामिला (ईपीए)का मन्त्री स्टीफन शेनको उक्त भनाईले ताईवानमा सरसफाई सम्बन्धी नयाँ बहस सुरु गरिदिएको छ ।
मन्त्री शेनका अनुसार पुरुषले ट्वाईलेटमा महिलाले जसरी बसेर पिसाव गर्नाले ट्वाईलेट सफा हुने तर्क गरेका छन् । बीबीसले जनाए अनुसार मन्त्री शेनको उक्त भनाईले एक किसिमको नयाँ बहस सुरु गरिदिएको छ । ताईवानको प्रशासनले जनतालाई यस कुराको जानकारी दिन आगामी साता सार्वजनिक क्षेत्रमा सूचना टाँस गर्न लागेको बताइएको छ ।
सूचनामा पुरुषले उभ्भिएर पिसाव नगरी बसेर महिलाले जसरी विसाव गर्न आग्रह गरिने छ । समाचारका अनुसार सामाजिक सञ्जालहरुमा भने कयौं महिलाहरुले यसको सर्मथन गरेका छन् । त्यस्तै कयौं पुरुषहरुले भने इतिहास देखि नै उभ्भिएर विसाव गर्ने लागेको बानी बदल्न मुस्किल हुने बताएका छन् ।