नेपाली काँग्रेसका पश्चिमाञ्चल क्षेत्रका कांग्रेस महासमिति सदस्यहरुको दुई दिने भेला आजदेखि पाल्पाको तानसेनमा सुरु

नेपाली काँग्रेसका पश्चिमाञ्चल क्षेत्रका कांग्रेस महासमिति सदस्यहरुको दुई दिने भेला आजदेखि पाल्पाको तानसेनमा सुरु हुँदैछ । दुई दिने भेलामा पश्चिमाञ्चलको १६ जिल्लाका २ सय ४५ महासमिति सदस्यको सहभागिता रहने छ ।
भेलाको पार्टी सभापति सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ । भेलाले पार्टीलाई मजबुद बनाउने र संगठन सुदृढीकरणमा सहयोग पुग्ने नेताहरुको भनाइ छ । भेलामा पार्टी र संगठनका अगुवा कार्यकर्ताले निर्वाह गर्ने भूमिका, केन्द्रको रणनीति तथा भावी योजनाको बारेमा स्पष्ट पारिने पाल्पा जिल्ला सभापति बिरबहादुर रानाले जानकारी दिनुभयो ।
भेलामा उपसभापति रामचन्द्र पौडेलले लोकतान्त्रिक समाजवादको राजनीतिक पक्षका विषयमा र अर्थविद् चिरञ्जीवी नेपालले आर्थिक पक्षका विषयमा कार्यपत्र प्रस्तुत गनुहुने भएको छ । भेलाका लागि सभापति कोइराला, उपसभापति पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायतका केन्द्रीय नेताहरु पाल्पा पुगिसक्नु भएको छ ।