अमेरिकाद्धारा पाकिस्तान स्थित चरमपन्थी गुट हक्कानीलाई आतंकवादी संगठन घोषित

अमेरिकाले पाकिस्तान स्थित चरमपन्थी गुट हक्कानीलाई आतंकवादी संगठन घोषित गरेको छ । अमेरिकी बिदेशमन्त्री हिलारी क्लिण्टनले औपचारिक घोषणा गर्नुभएको हो ।

 

अब हक्कानी समुह अमेरिकी बित्तिय प्रतिबन्धको घेरामा पर्ने छ । अमेरिकी कम्पनि र नागरिकले उक्त समुहलाई समर्थन गर्न पाउने छैनन् भने अमेरिकामा हक्कानी समुहको नाममा रहेका खाता र सम्पत्ति जफत गरिने छ । प्रतिबन्ध सात देखि दश दिन भित्र लागु गरिने जनाइएको छ ।

 

कुनै समय हक्कानी समुह पूर्वी सोवियत संघ बिरुद्ध लड्दा अमेरिकी खुफिया एजेन्सी सिआइएको समर्थन पाएको थियो ।

 

पछिल्लो समय हक्कानी नेटवर्कमाथि अफगानिस्थानमा सरकारी, भारतिय र पश्चिमी देशहरुका संस्थान माथि हमला गरेको आरोप लाग्दै आएको छ ।