बेलायतमा साताभरीको भारी बर्षापछि आएको बाढीले जनजीवन अस्तब्यस्त बनेको छ । बाढी बस्तीसम्म पसेकाले कयौं घर डुवानमा परेका छन् ।
बाढीले बेलायतको नर्थअम्बरल्याण्ड शहर सबैभन्दा वढी प्रभावित बनेको छ । बाढीका कारण घर डुबानमा परेकाहरु अस्थायी टहरा बनाएर बस्न बाध्य छन् ।
बाढीले यातायात सेवा र बिद्युत आपूर्ती ठप्प बनेको छ । बर्षा हुनेक्रम अझ केही दिनसम्म जारी रहने बेलायतका मौसमबिद्हरुले जनाएका छन् ।