परदर्शिता र मितव्ययिता तर्फ उन्मुख जिविस गुल्मी

कमला बस्नेत

 

केहि दिन अघि स्थानिय विकास मन्त्रालयमा भएको ७५ वटै जिल्लाका एलडियोहरुको केन्द्रिय गोष्ठीले गरेका प्रतिवद्धता कार्यन्वयनका क्रममा जिल्ला विकास समिति गुल्मी पारदर्शि र मितव्ययि रुपमा प्रस्तुत हुन खोजेको छ ।
गोष्ठी पुर्व नै जिल्ला विकास समितिले गरेका हरेक निर्णयहरु पत्रकारहरुलाई उपलब्ध गराउदै आएका स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले जिल्लामा पहिलो पटक हरेक महिना पत्रकार भेटघाट कार्यक्रम राखेर पारदर्शिताको संकेत देखाएका हुन । आजदेखि मासिक रुपमा सुरु गरिएको पत्रकार भेटघाट कार्यक्रममा अधिकारी ज्ञवालीले भने