– शोभाखर पन्थी
अर्घाखाँची । उद्योग वाणिज्य संघ अर्घाखाँचीको पाँचौ साधारण सभा तथा चौथो जिल्ला अधिवेसन नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनले अध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा राम प्रसाद भुसाल महासचिवमा नेत्र प्रसाद भुसाल सचिवमा प्रदिप मिश्र सहसचिवमा सालिकराम बाजाडे र कोषाध्यक्षमा देव बहादुर के।सी। निर्विरोध विजयी भएका छन् । यस अघि उद्घाटन कार्यक्रममा सरकारले उधोगी व्यपारी हरुलाई सहज रुपमा काम गर्ने बातावरण बनाई दिनु पर्ने भन्दै बक्ताहरुले सरकारको ध्यानकार्षण गराएका छन् ।
वक्ताहरुले मुलुकमा स्रक्रमण काल लम्बिदा उधोग व्यपारको क्षेत्रमा लगानी गर्ने बातावरण निर्माण नभएको भन्दै दलहरु बिच सहमति गरी राज्यलाई निकाश दिनुपर्ने बताए ।
वक्ताहरुले अर्घाखाचीको नरपानीमा संचालित चुन ढुङ्गा उत्खनन बन्द हरदाँ उद्योगीलाई मर्का परेको बताउदै स्थानिय जनताका समस्या समाधान गरी तत्काल खानी खोल्ने बातावरण सिर्जना गर्न सवै पक्षलाई आग्रह गरे ।
दलहरुले मिठाकुरा गर्ने र आफ्ना भातृ संस्था लगाएर उद्योग कलकारखानामा ताला लगाउने प्रवृती रोकिनु पर्ने गनिहरुको माग छ । उनिहरुले भारतिय नम्वर पिलेटका गाडी नेपालमा चल्ने बातावरण निर्माण गर्न सम्बन्धित पक्षको ध्यानकर्षण गराए ।
यसरी मन्तव्य राख्ने हरुमा उद्योग वाणिज्य महासंगका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्मा संकर श्रेष्ठ र भुषण राजलबट थिए ।
कार्यक्रममा मन्तवय राख्दै निमित प्रमुख जिल्ला अधिकारीभेषराज खनाल एकिकृत माओवादीका केन्द्रिय सदस्य कमल खनालनेपाली काङ्गेसका जिल्ला सभापति कमल प्रसाद भुसाल नेकपा एमालेका अध्यक्ष रामजि प्रसाद घिमिरे राष्ट्रिय जनमोर्चाका केदि्रय सदस्य सागर के.सि नेकपा माओवादीका जिल्ला ईन्चार्ज भेषराज भुसाल एकिकृत क्रान्तिकारीका केदि्रय सदस्य यमुना भुसाल राप्रपाका जिल्ला अध्यक्ष देवि बहादुर खड्का राष्ट्रिय जनशक्ती पार्टीका जिल्ला अध्यक्ष बेदराज घिमिरे र राष्ट्रिय जनमुक्तिका प्रतिनिधि ईन्द्र बहादुर गोलाङ्ग ले निजि क्षेत्रले भोग्नु परेका समस्या प्रति ध्यानकार्षण गराउदै जिल्लामा उधोग धन्दा फस्टाउन नसकेको प्रति चिन्ता जनाए ।
उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र सचिव नेत्र प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महा संघका पुर्व केन्द्रिय सदस्य नवराज श्रेष्ठ उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष मधु दयाल सैंजु सिद्धार्थनगर भैरहवाका अध्यक्ष विष्णु प्रसाद आचार्य उद्योग वाणिज्य संघ चन्दौ्रटाका पुर्वअध्यक्ष जमसेर मिया अर्घाखाँचीका निर्वतमान अध्यक्ष गोपाल प्रसाद भुसालजिल्ला वरिष्ठ उपाध्यक्ष असोक कुमार श्रेष्ठनेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी नेपाल रेडक्रस सोसाइटीका जिल्ला उपाध्यक्ष कुसल भुसाल लगायतका बक्ताहरुले देशको विकासमा निजि क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।