अमेरिका र दक्षिण कोरियाबीच लामो दूरीको व्यालिष्टिक मिसायल प्रणालीको व्यापारिक सम्झौता भएको छ । सम्झौतापछि दक्षिण कोरियाले अहिले आपूmसँग भएको भन्दा तीन गुणा टाढा मार हान्न सक्ने मिसायल अमेरिकाबाट पाउने छ । ८ सय किलोमिटर दूरीसम्म मार हान्ने नयाँ मिसायलले उत्तर कोरियाको सबै भूभागमा मार हान्न सक्नेछ भने चीन र जापानको केही भागमा पनि दक्षिण कोरियाली मिसायलको मारक क्षमता रहनेछ ।
यसअघि दक्षिण कोरियाले गरेको सुरक्षा सम्झौता अनुसार मिसायलको मारक क्षमता ३ सय किलिमिटर मात्रको थियो । तर छिमेकी उत्तर कोरियाले लामो दूरीको रकेट प्रक्षेपण गरेपछि सम्झौतामा पुनरावलोकन गरिएको थियो ।