कम्बोडियाका पुर्व राजा नरोद्धम सिंहानुकको ८९ बर्षको उमेरमा चीनमा निधन

बेईजिङ । कम्बोडियाका पुर्व राजा नरोद्धम सिंहानुकको ८९ बर्षको उमेरमा चीनमा निधन भएको छ । उहांलाई बेईजिङमा हृदयघात भएकोमा उपचारको क्रममा निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । पुर्व राजा सिंहानुकले कमजोर स्वास्थ्यका कारण सन् २००४ मा गद्धी त्याग्नु भएपनि उहां देशको प्रभावशाली ब्यक्तित्व मानिनुहुन्थ्यो ।


सन् १९४१ मा राजगद्धीमा आउनु भएका सिंहानुकले फ्रान्सको अधिनबाट आफ्नो देशलाई मुक्त गराउन सन् १९५३ मा नेतृत्वदायी भुमिका खेल्नु भएको थियो ।


उग्रबादी कम्युनिष्ट खमेरुजको शासन सत्ताका बेला निर्वाशनमा जानु भएका सिंहानुकले लाखौ मानिसहरुको हत्याको कडा विरोध गर्नुभएको थियो । खमेरुजको पतन भई कम्बोडिया प्रजातान्त्रिक मार्गमा फर्किपछि उहां सन् १९९१ मा फेरि राजगद्धीमा फर्किनु भएको थियो ।

 

– Agencies