ताइवानको एक नर्सिङ होममा आगलागी हुँदा १२ जनाको मृत्यु

ताइवानको एक नर्सिङ होममा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । आगलागीमा परी ७० जना घाईते भएका छन् । मृत्यु हुने सबै नर्सिङ होममा उपचाररत व्यक्ति हुन् ।

 

 पाँच तले उक्त नर्सिङ होममा आगलागी हुने बित्तिकै आगो फैलन नदिन तत्काल सावधानी अपनाईएको थियो । १ सय १५ जना बिरामी उपचाररत नर्सिङहोममा आगो लाग्नासाथ बिरामीहरुमा भागदौड मच्चिएको थियो । घाईतेहरु पुरै जलेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

आगलागीको कारणबारे थाहा हुन सकेको छैन ।

 

Agencies