एजेन्सी । अफगानिस्तान उत्तरी क्षेत्रको एक मस्जिदमा ईद अल अजाको अवसरमा प्रांर्थना गर्न मुस्लिम धमालम्बीहरु भेला भईरहेको बेला आत्मघाती विस्फोट गराईदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानको फारयाव प्रान्तको सदरमुकमा म्याम्नास्थित मस्जिदमा प्रबेश गरेका आत्मघातीले बिस्फोट गराउँदा ७० भन्दा बढी घाइते भएका छन् ।
ईदको प्रार्थना सकेर मुश्लिम समुदायका धर्मावलम्बीहरु विदा हुनै लाग्दा शक्तिशाली विस्फोट गराईएको पत्यक्षदर्शीहरुले बताएका छन् ।
सो प्रार्थनामा प्रान्तका बरिष्ठ प्रशासनिक तथा प्रहरी अधिकारीहरु पनि सामेल थिए । घटनामा प्रान्तका प्रहरी प्रमुख अब्दुल खालिक अक्साई समेत घाईते भएका छन् ।
सो मस्जिदमा सुरक्षा ब्यवस्था कडा पारिएको र चार तहको सुरक्षा घेरा बनाईएको भए पनि आत्मघाती आक्रमणकारी कसरी प्रबेश गरे भन्ने बारेमा गंभीर प्रश्न उठाईएको छ ।