जनकपुर, कार्तिक १७ । मधेश क्रान्ति फोरमको आव्हानमा आज जनकपुर बन्द गरिएको छ ।
बन्दका कारण सवारी साधन, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् ।
दुई महिना अघि भ्रष्टाचार गरेको आरोपमा निलम्बित गरिएका जिल्ला विकास समितिका १८ जना कर्मचारीलाई कार्वाही गर्नुपर्ने माग गर्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।
भ्रष्टाचारको अभियोगमा निलम्बित गरिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा चलिरहेको छ ।
– RSS