अर्थ संकटबाट गुज्रिरहेको युरोपेली मुलुक ग्रिसमा ४८ घण्टे आम हड्ताल आव्हान गरिएको छ । आज विहानबाट सुरु भएको आम हड्तालले जनजिवन निकै प्रभावित बनाउने अनुमान छ ।
सरकारले संसदमा ल्याएको खर्च कटौती प्रस्तावको विरोधमा हड्ताल आव्हान गरिएको हो । राजधानी एथेन्समा विशाल विरोध -यालीको तयारी भईरहेको छ । नियमित जस्तो भएको झडपलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा बनाईएको छ ।
ग्रिसको संसदमा भोली खर्च कटौती प्रस्तावमाथि मतदान हुँदैछ । सांसदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न आन्दोलनरत सर्वसाधारणले अपिल गरेका छन् ।यता युरोपेली युनीयनले भने ग्रिसले खर्च कटौतीको क्षेत्रमा अझ धेरे गर्न बाँकी रहेको जनाएको छ ।
युरोजोनको सहयोग पाउन र ग्रिसका बैंकहरुलाई टाट पल्टीनबाट जोगाउन खर्च कटौती नैं एकमात्र विकल्प भएको युनीयनको ठहर छ । ग्रिक संसदमा पेश गरिएको खर्च कटौतीको प्रस्ताव पास भए सन् २०१६ सम्ममा ग्रिस सरकारको १३ दशमलव ५ बिलियन युरो जोगीने बताईएको छ ।
– Agencies