थाइल्याण्डमा प्रधानमन्त्री यिङलक सिनावत्रालाई हटाउन माग गर्दै हजारौं मानिस सडकमा ओर्लिएका छन् । राजधानी बैंककमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा केही प्रहरी अधिकृत घाईते समेत भएका छन् ।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँसप्रहार गरेको बताइएको छ । प्रहरीले प्रदर्शनकारीलाई सरकारी भवनहरु नजिक जानबाट रोक्ने प्रयास गरेको छ ।
बैंककमा मात्रै १० हजार भन्दा बढी प्रदर्शनकारी भेला भएको विरोधीहरुको दाबी छ ।