सहमतीय सरकार गठन गर्न दलहरुबीच संवादलाई तिब्रता

राष्ट्रपति रामवरण यादवद्वारा सात दिनभित्र सहमतीय सरकार बनाउन दलहरुलाई आह्वान गरेको एक दिनपछि तीन प्रमुख राजनीतिक दलहरुले त्यसबारे औपचारिक छलफल गर्दै, सहमतीय सरकार गठन गर्न दलहरुबीच संवादलाई तिब्रता दिने बताएका छन्।


शनिबार सिंहदरबारमा बसेको तीन दलको वैठकमा तीनै पक्ष सहमतिको विकल्प नभएकोमा एकमत भएको बताइएको छ।

 

तर आउने बिहिबारसम्ममा कसरी र कस्को नेतृत्वमा सहमतीय सरकार गठन हुने हो त्यसबारे प्रमुख दलहरु प्रष्ट छैनन्।


शनिबार साँझ शान्ति मन्त्रालयमा एकीकृत नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु सहभागी वैठकले सहमतीय सरकार गठन गर्न सबै दलहरुसंग वार्ता तथा संवाद गर्ने निश्कर्ष निकालेको छ।

सो वैठकमा सहभागी एकीकृत माओवादीका एक उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने,