पाकिस्तानको लाहौरमा खोकीको विषाक्त औषधी सेवन गर्दा कम्तिमा १३ जनाको मृत्यु

पाकिस्तानको लाहौरमा खोकीको विषाक्त औषधी सेवन गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । गत शुक्रवारयता औषधी सेवन गर्नेहरुको मृत्यु भएको हो ।


मारिने अधिकांश शाद्रा शहरका लागुऔषध दूव्र्यसनी रहेको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रशासनले घटना लगत्तै विषाक्त खोकीको औषधी बेच्ने पसल बन्द गराएको छ भने यसका मालिक पक्राउ परेका छन् ।


विभिन्न औषधी पसलमा छापा मारी थप अनुसन्धान अगाडि बढाइएको अधिकारीहरुले जनाएका छन् ।


गत जनवरीमा लाहौरमै मुटुका रोगीहरुले दूषित औषधी खाँंदा १ सय भन्दा बढीको ज्यान गएको थियो ।

 


एजेन्सी