महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले घुस लिँदालिँदै पक्राउ परेका मातहतका पाँच ट्राफिक प्रहरीलाई निलम्बन गरेका छन् । सानेपा प्रहरी प्रभागमा कार्यरत प्रहरी हवल्दार गणेशबहादुर श्रेष्ठसहित चार प्रहरी जवान निलम्बनमा परेका हुन् ।
डिआइजी अर्यालले उनीहरूलाई बिहीबार साँझ ७:३० बजे सानेपामा चेकजाँच गर्ने क्रममा रंगेहात पक्राउ गरेका थिए । प्रहरीका अनुसार उनीहरूले सातदोबाटोबाट कलंकीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडीबाट ४० रुपियाँ घुुस लिएका थिए । सादा पोसाकमा छड्के चेकजाँच गर्न आ