अफगानिस्तानको पूर्वी नान्गार्हर प्रान्तमा जमिन मुनी बिच्छाइएको बारुदे सुरुङ विष्फोट हुंदा कम्तिमा १० जना बालबालिकाको मृत्यु भएको छ ।
मारिनेहरु नौ देखी ११ वर्ष उमेरका छन् । नान्गार्हर प्रान्तका गभर्नरका प्रवक्ताका अनुसार दाउरा खोज्दै गरेका किशोरीहरु मध्ये एक जनाले जमिनमा बिच्छाइएको विष्फोटक पदार्थ छोएपछि विष्फोट भएको हो ।
विष्फोटमा परी घाईते भएका दुई बालबालिकाको अबस्था गम्भिर रहेको जनाइएको छ । अफगानिस्तानमा दशकौ लामो गृहयुद्धका कारण जमिनमुनी बिच्छाइएका विष्फोटक पदार्थ अफै पनि ग्रामीण क्षेत्रमा प्रशस्तै रहेको बताइन्छ ।
– Agencies