राष्ट्रपति द्वारा लिखित सम्बोधन गरे/भाषण सुनेर नेताहरु फर्किए(राष्ट्रपतिले गर्नु भएको लिखित भाषणको पूर्णपाठसहित)

राष्ट्रपति कार्यालय शीतलनिवासमा बोलाइएको सर्वदलीय बैठक विनानिश्कर्ष टुंगिएको छ । राष्ट्रपतिले दलका नेतालाई बोल्न नदिई ६ बुँदे भाषण सुनाएर सकिएको घोषणा गरिएको छ । विगतमा दिन नै तोकेर पाचौं चरणसम्म सहमति गर्न आग्रह गर्दै आएका राष्ट्रपतिले दिन नतोकिकनै चाँडो सहमति गर्न दलहरुलाई भन्नुभएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरु छान्ने काम आफ्नो नभएको भन्दै राष्ट्रपतिले दलहरुले नै सहमति गर्नुको बिकल्प नभएको बताउनुभयो । तत्कालिन राजा ज्ञानेन्द्रले लोकतन्त्र स्वीकारेको भए फालिने थिएनन भन्ने बाक्य पनि राष्ट्रपतिको संबोधनमा परेको थियो ।