इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुनोस्कीले आफ्नी पूर्व पत्नी विरानीका लारियालाई प्रत्येक वर्ष ४ करोड ८० लाख डलर दिनुपर्ने

इटालीका पूर्वप्रधानमन्त्री बुर्लनोस्कीलाई छोडपत्रको झड्काविभिन्न युवतीसँगको सम्बन्धका कारण चर्चामा आइरहने इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुनोस्कीले आफ्नी पूर्व पत्नी विरानीका लारियालाई प्रत्येक वर्ष ४ करोड ८० लाख डलर दिनुपर्ने भएको छ । ७६ वर्षीय बर्लुनोस्कीको ५६ वर्षीया विरानीकासँग छोडपत्रको सम्झौता भइसकेको बताइएको छ ।

विरानीकाले पहिला प्रत्येक वर्ष ५ करोड ६ लाख डलर माग गरेकी थिइन् । विरानीका सन् २००९ मा नै युवतीसँगको सम्बन्धका कारण विवादास्पद छवी बनाएका बर्लुनोस्कीबाट अनौपचारिक रुपमा अलग भएकी थिइन् । उनीहरुबीच सन् १९९० मा विवाह भएको थियो ।

उनीहरुका तिन छोराछोरी छन् । आफ्नो पहिलो पत्नीबाट बर्लुनोस्कीका २ जना छोराछोरी छन् । अब उनको २८ वर्षीया फ्रान्सेस्कासँग विवाह हुंदैछ । फोब्र्स पत्रिकाले बर्लुनोस्कीको ६ अरब डलर सम्पत्ति रहेको जनाएको छ ।

विभिन्न वित्तिय घोटाला र यौनकाण्डका कारण बलुनोस्की अदालत पनि पुगिसकेका छन् । सन् २०१२ को अक्टोबरमा कर चोरीको अभियोगमा उनलाई ४ वर्षको जेल सजाय सुनाइएको थियो ।


एजेन्सी