कांग्रेस र एमालेले आगामी बैशाखमा नयाँ निर्वाचन गराउने गरेर कांग्रेसकै नेतृत्वमा सहमतीय सरकार बनाउनुपर्ने निष्कर्ष पुनः दोहराएका छन् ।
ललितपुरको सानेपामा आज बसेको दुई दलका प्रमुख नेताहरुको बैठकले कांग्रेस बाहेककालाई प्रधानमन्त्री बनाउने एमाओवादीको प्रस्ताव नमान्ने निर्णय गरेको हो । बैठकले वर्तमान सरकारलाई टिकाई राख्ने विभिन्न प्रस्तावहरु ल्याउने गरेको आरोप एमाओवादीलाई लगाएको छ ।
बैठकमा एमाओवादी र प्रधानमन्त्रीसँग भएका वार्ता र सम्वादका बारेमा नेताहरुले जानकारी गराएका थिए ।