माओवादीले आफ्नो सातौं महाधिवेशनको बन्दशेसनका लागि बुक गरेपछि बुधबारदेखि ५ दिनसम्म कमलादीको प्रज्ञा प्रतिष्ठान सो पार्टीको नियन्त्रणमा रहने भएको छ ।
बुधबार बिहानदेखि एकेडेमीभित्रै प्रतिनिधिलाई खाना खाने व्यवस्था गरिएको छ, त्यहाँ छुट्टै मिडियारुम बनाई पत्रकारहरुलाई प्रवेश दिइए पनि बन्दशेसनका बेला अन्यलाई प्रवेश दिइने छैन ।