देशको पछिल्लो राजनीतिक गतिविधि र जारी गतिरोध अन्त्यका विषयमा राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक

देशको पछिल्लो राजनीतिक गतिविधि र जारी गतिरोध अन्त्यका विषयमा राष्ट्रपति भवन शीतल निवासमा अहिले सर्वदलीय बैठक जारी छ । राष्ट्रपति डा. रामबरण यादबले सहमति कायम गरी राजनीतिक निकास निकाल्न दलहरुलाई समय तोकेर पटक पटक ताकेता गरेपनि दलहरुबीच सहमति हुन नसकेपछि संविधानसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरुसँग छलफल सुरू गर्नुभएको हो ।
विहान ९ बजेदेखि जारी सर्वदलीय छलफलमा राजनीतिक निकासको विकल्पका विषयमा दलका नेताहरुसँग अन्तक्रिया भर्इरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति यादवले अहिलेसम्म गर्नुभएको छलफल, दलहरुबीचको अन्यौलता र अब निकासका अन्य विकल्पमा दलहरुको धारणा माग गर्नुहुनेछ ।
आठौं पटक पनि दलहरुबीच सहमति हुन नसकेपछि राष्ट्रपति यादवले बिहीबार नवौं पटक पनि म्याद थप गर्नुभएको छ । छलफलमा सहमतिय सरकार गठनका लागि सम्भव नभए अन्य विकल्प जाने विषयमा पनि छलफल हुनेछ ।