द्वन्द्वकालका घटनाको नैतिक जिम्मेवारी लिन तयार रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको भनाइ

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले सरकारको नेतृत्व गरेको अवस्थामा भएका द्वन्द्वकालका घटनाहरुको नैतिक जिम्मेवारी लिन तयार रहको बताउनु भएको छ ।
प्रेस युनियन सल्यानले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि वर्तमान सरकारको वर्हिगमन अनिवार्य भएको धारणा राख्नुभयो । सरकारमा रहेका दलहरुले आन्दोलनको घोषणा गर्नुले प्रजातान्त्रिक मुल्य र मान्यताको खिल्ली उडाएको टिप्पणी गर्दै नेता देउवाले देश गम्भीर दलदलमा फसेकाले राजनीतिक निकासका लागि सहमतिनै उत्तम विकल्प भएको बताउनुभयो ।
एकीकृत नेकपा माओवादी अध्यक्ष प्रंचण्डले विपक्षी दलहरु आन्दोलन छोडेर सहमतिमा नआए शान्ति सम्झौता च्यात्छु भन्दै हिडनु पनि सहमतीको बाधक एकीकृत माओवादीनै हो भन्ने पुष्टि भएको दावी देउवाले गर्नुभयो ।