ईजिप्टका राष्ट्रपति मोहमद मुर्सीले हिंसाग्रस्त तीन शहरमा संकटकाल घोषणा गर्नुभएको छ ।राष्ट्रपति मुर्सीले राष्ट्रको नाममा सम्बोधन गर्दै पोर्ट सेज, सुयज र ईस्लामियां शहरमा आगामी तीस दिनसम्म संकटकाल लागु हुने घोषणा गर्नुभयो ।
ती शहरमा राति नौ बजेदेखि विहान ६ बजेसम्म कफ्र्य लगाईएको छ । फुटवल दंगामा दोषी ठहर भएका २१ जनालाई मुत्युदण्ड दिने अदालतको फैसलापछि हिंसा फैलिदा ३३ जनाको मृत्यु भईसकेको छ ।
राष्ट्रपति मुर्सी विरुद्ध राजधानी कायरोको ताहरिर स्क्वाएरलगायतका स्थानमा विरोध प्रदर्शन जारी छ । विपक्षहरुले होस्की मुबारकलाई पतन गराउने आन्दोलनलाई धोका दिएर मुर्सीले नयां संविधानमार्फत देशमा निरंकुशता लाद्न खोजेको आरोप लगाईरहेका छन् ।
मुर्सीले भने ईजिप्ट बचाउनका लागि अझै कडा कदम चाल्ने दृढता ब्यक्त गर्नुभएको छ ।
– rss