एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको सहयोग नपाएकाले अहिलेको राजनीतिक गतिरोध हटाउन नसकेको बताउनुभएको छ ।
नेपाल समसामयिक अध्ययन केन्द्रले काभ्रेको धुलिखेलमा गरेको कार्यक्रममा प्रचण्डले काँग्रेस एमाले लगायत दलसँग कुनै रिसराग नभएपनि पछिल्लो समयमा कुरा मिल्न नसकेको बताउनुभयो ।
कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको जस्तो साथ नपाएकाले देश अस्थिरतातर्फ धकेलिएको प्रचण्डको दावी छ ।