नेपाल बार एशोसिएसनका नवनिर्वाचित पदाधिकारीले प्रधानन्यायाधीश खिलराज रेग्मीसँग भेट गरी उहाँले चुनावी सरकारको नेतृत्व गर्न नमिल्ने सल्लाह दिएका छन् ।
प्रधानन्यायाधीश रेग्मीले भने यसबारे कुनै प्रतिक्रिया नदिई मौनता देखाउनुभएको छ ।
प्रधानन्यायाधीश रेग्मीलाई भेट्न नेपाल बार एशोसिएसनका नवनिर्वाचित अध्यक्ष हरिकृष्ण कार्कीको नेतृत्वमा सम्पूर्ण १७ जना केन्द्रीय पदाधिकारी र सदस्यहरु सर्वोच्च अदालतमा अवस्थित उहाँको च्याम्बरमा पुगेका थिए ।