वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । व्यापारीलाई गोली हानी हत्या गर्न खोज्ने योजनाकार सहित तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । धनमाल लुटन उनीहरुले सन्धिखर्कका व्यापारी तारा सुनारलाई जंगलमा लगेर गोली हानेको प्रहरीले जनाएको छ ।
योजनाकार सन्धिखर्कका रुद्र पराजुली र गोली हान्ने कपिलवस्तु तिलौराकोट वर्मेलीटोलका २५ वर्षीय सागर भन्ने राजु आचार्य र सगै गएका अर्घाखाँची पोखराथोकका २४ वर्षीय विमल भन्ने लक्ष्मण सुनारलाई प्रहरीले बुधवार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घाईते ताराको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । उनलाई बाया छातीको तल्लो भागमा गोली लागेको छ । सोमबार साँझ सन्धिखर्क गोरुसिंगे सडक अन्तरगत नरपानीको जंगलमा ल्याई तारामाथि गोली प्रहार भएको थियो । घटनास्थलबाट प्रहरीले ईटालीन ९९ एमएस मेडईन पेस्तोल, एक गोली, २ मिसफायर गोली र एक खोका, नगद ४ लाख ६५ हजार सहित सुन तौल्ने मेसिन र धातुकाटने औजार बरामद गरेको सार्वजनिक गरेको छ ।
प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले पराजुलीले सगै बुटवल जाने भनेर मोटरसाईकलमा तारालाई ठाडाको चाक्लासम्म लगेको र बुटवलतिरबाट आचार्य र लक्ष्मण मोटरसाईकलमा आएपछि होटलमा पराजुलीले नास्ता खुवाएपछि बुटवल नगई पुन सन्धिखर्क फर्केर आई नरपानी बजारमा चिया खाएको र रुद्रले तारालाई अगाडी ल्याई जंगलको बीचमा मोटरसाईकल रोकी राखेपछि पछि अर्का मोटरसाईकलमा लक्ष्मण र राजु आएपछि तारालाई गोली प्रहार गरेको बताए । गोली हानेपछि भागेका दुई जनालाई पाली प्रहरी चौकीले दुई घण्टा भित्रमा पक्राउ गरेको थियो । राजुको र लक्ष्मणको झोलामा २ लाख रुपैया फेला पारेको छ । गोली प्रहारपछि रुद्रले तारालाई वास्ता नगर्नु, लक्ष्मणको झोला पराजुलीको साथमा फेला परेको कारण पराजुलीको योजना रहेको पाण्डेले बताए । पराजुलीले ताराबाट ऋण लिएको र त्यसैकै कारण हत्या गर्न खोजिएको हुनसक्ने पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको पनि उनले बताए ।
पराजुलीको सन्धिखर्क मिडियाचोक स्थित एउटै घरको एउटा सटरमा अडियो भिडियो पसल छ भने ताराका अर्को सटरमा सुनचा