नेपालमै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको अर्घाखाँचीको चुत्राबेसी मन्दिरमा भक्तजनको घुइचो

प्रेमनारायण आचार्य
चुत्राबेसी, अर्घाखाँची। महाशिवरात्रीको अवसरमा नेपालमै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिरमा बिहानै देखि भक्तजनको घुइचो लागेको छ । 
अर्घाखाँचीको चुत्राबेसी स्थति सिद्धेश्वर शिबालय मन्दिरमा नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको यस मन्दिरमा पुजा पाठ गर्ने भक्तजनको घुइचो लागेको हो । दैनिक बैदिक बिधि पुर्बक पुजाआजा हुने  यस मन्दिरमा आज लघुरुद्री सहित बिशेस पुजाआजा पनि राखिएको छ ।  भने मन्दिर परिसरमा मध्यान्ह आरती, अखण्ड लक्ष्यवर्तीका दीपदान, सन्ध्याकालीन आरती तथा रातभरि भजनकीर्तन हुने मन्दिर ब्यबस्थापन समितिले जनाएको छ ।
 सिद्धेश्वर शिबालय मन्दिर सजाएर झकिझकाउ पारिएको छ । भक्तजनको लागि मन्दिरमा दर्शन गर्नका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ ।
शिवरात्रीको दिन भक्तजनले आज शिवको महिमा गाउँदै शिवलिङ्गमा गाईको दूध तथा बेलपत्र चढाएका छन् । शिवरात्रीको दिन शिवलिङ्गमा दूध तथा बेलपत्र चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
त्यस्तै सन्धिखर्कमा रहेको १०८ गणेश पाञ्चायन मन्दिरमा पनि दर्शनार्थीहरुको बिहानै देखि घुइचो लागेको छ । यस मन्दिरमा पनि रुद्री सहित पुजाआजा राखिएको मन्दिर ब्यबस्थापन समितिले जनाएको छ । त्यस्तै अर्घाखाँची जिल्लामा रहेका बिभिन्न शिब मन्दिरहरुमा बिहानै देखि बिशेस पुजा आजा भैरहेको छ । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु