कोरियाली प्रायद्धिपमा बढ्दो तनाबकाबीच अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा वार्षिक सैन्य अभ्यास शुरु गरेका छन् ।
उत्तर कोरियाले सैन्य अभ्यासको कडा विरोध गर्दै यसबाट कोरियाली युद्ध अन्त्य गर्ने सन्धी भंग गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले गत फेब्रुअरीमा गरेको पछिल्लो आणविक परिक्षण पछि संयुक्त राष्ट्रसंघले उ विरुद्ध थप नाकाबन्दी घोषणा गरेको केही दिनपछि नै यो सैन्य अभ्यास गरिएको हो ।